प्रधानमन्त्री कप काठमाडौं छनोटमा क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) र महावीर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टरबीच उपाधि भिडन्त हुने भएको छ।
यसअघि महावरीले सुपर-६ को आफ्नो समूहमा दुवै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।
महावीरले ग्रेट हिमालयन एकेडेमी र बालुवाटर क्रिकेट क्लबलाई सुपर-६ मा पराजित गरेको थियो।
आज रित गौतमले लगातार तेस्रो शतकमा सिइसीले हिमालयन क्रिकेट एकेडेमीलाई १०६ रनले हरायो।
मंगलबार माथिल्लो मुलपानीमा भएको सुपर-६ को खेलमा रितले हिमालयन क्रिकेट एकेडेमीविरूद्ध १३३ रन बनाएका थिए।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिइसी ३९ ओभरमा १८३ रनमा अलआउट भयो।यसअघि रितले न्यु भिजन क्लबविरूद्ध १४४ रन र डिभाइन क्रिकेट क्लबविरूद्ध १०१ रन बनाएका थिए।
१८४ रनको लक्षय पछ्याएको हिमालयन ३५.५ ओभरमा ७७ रनमा अलआउट भयो। हिमालयनका अभिशेक बुढाऐरले २९ रन बनाउँदा बलिङमा सिइसीका दयानन्द मण्डलले ४ विकेट र युवराज खत्रीले ३ विकेट लिए।