आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डले चेन्नईमा मंगलबार समूह ‘डी’ युएईविरुद्ध १० विकेटको जित निकालेको छ।
२७ बल बाँकी छँदै सहज जित हात पारेको न्युजिल्यान्ड 'सुपर एट' मा पुग्ने बलियो स्थितिमा देखिएको छ।
फिन एलेन र टिम साइफर्टले १७४ साझेदारी गर्दै लक्ष्य पार गरे। यस क्रममा उनीहरूले टी-२० विश्वकपको इतिहासमा कुनै पनि टोलीद्वारा कुनै पनि विकेटका लागि गरिएको सबैभन्दा उच्च साझेदारीको कीर्तिमान समेत कायम गरे। एलेनले नटआउट ८४ रन र साइफर्टले नटआउट ८९ रन बनाए।
त्यसअघि युएईक लागि मोहम्मद वसीम र अलीशान शराफु राम्रो ब्याटिङ गर्दा उसले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। उनीहरुबीच १०७ रनको साझेदारी भयो।
यो युएईका लागि लागि टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै दोस्रो ठूलो साझेदारी हो। शराफुले ४७ बलमा ५५ रन र वसीमले ४५ बलमा ६६ रन रन बनाएका थिए।