भारतमा जारी आइसिसी टी-२० विश्वकपमा न्युजिल्याण्डले विजयी सुरूवात गरेको छ।
अफगानिस्तान विरूद्धको खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको हो।
आइतबार चेन्नाइस्थित चिदम्बरम स्टेडियममा भएको खेलमा न्यूजिल्याण्डले ५ विकेटको जित हासिल गरेको हो।
अफगानिस्तानले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।
उक्त रन पछ्याउने क्रममा न्यूजिल्याण्डले १७.५ ओभरमा १८३ रन बनाएको हो।
पहिलो इनिङमा अफगानिस्तानका लागि गुल्बदिन नइबले ६३ रन, सेडिकुल्लाह अटलले २९ रन, रहमानउल्लाह गुर्बाजले २७ रन, डारविस रसुलीले २० रन बनाएका थिए।
न्यूजिल्याण्डका लकी फर्गुसनले २ विकेट लिँदा म्याट हेनरी, जेकब डफी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए।
दोस्रो इनिङमा टिम सेफर्डले ६५ रन, ग्लेन फिलिप्सले ४२ रन, मार्क चापम्यानले २८ रन, डार्ली मिचेलले २५ र मिचेल सान्टनरले १७ रन बनाएका थिए।
अफगानिस्तानका लागि मुजीब उर रहमानले दुई विकेट लिँदा अजमतउल्लाह ओमारजइ, रसिद खान र मोहम्मद नाभीले एक-एक विकेट लिएका थिए।