आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ।
मुम्बईको वानखेडे स्टेडियममा सवा ३ बजेदेखि नेपाल र इंग्ल्याण्डबीचको खेल हुनेछ।
खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
टस जितेको इंग्ल्याण्डले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।
नेपालको प्लेइङ-११ मा कुशल भूर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन्।
सोमपाल कामी भने पहिलो खेलमा बेन्चमा बस्ने भएका छन्।