नेपाल चिकित्सक संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।
आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर दिएको छ।
अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सक्नेछन्।
संघले नागरिकहरूलाई यस्तो अवस्थामा नआत्तिन बरू चिकित्सकसँग आवश्यक सल्लाह लिन आग्रह गरेको छ।