चारदेशीय टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आयोजक राष्ट्र हङकङविरूद्ध टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा नेपाल छ।
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो।
यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो। दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ।
दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ दुई अङ्कसहित दोस्रो र कुवेत दुई अङ्कसहित तेस्रो स्थानमा छ। दुवै खेलमा हार बेहोरेको कतार शून्य अङ्कसहित तालिकाको पुछारमा छ।