नेपाल प्रहरीका पूर्वआइजिपी प्रदीप शम्शेर जबराको निधन भएको छ।
जबराको ७८ वर्षको उमेरमा शनिबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी लामो समयदेखि बिरामी थिए।
जबरा २०५७ को असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको आइजिपी थिए।
सोमबार बिहान ११ बजे पशुपति आर्याटमा अन्तिम संस्कार गरिने बताइएको छ।