पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै कर्फ्यु आदेश लम्बिएको जानकारी दिएका हुन्।
आतबार राति १२ बजेसम्मका लागि कर्फ्यु लम्बिएको हो।
हनुमान जयन्तिको अवसरमा आयोजना गरेको शोभायात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो। शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्दै त्यहाँ तनावको स्थिति बनेको हो।
झडप हुँदा प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १७ जना घाइते भएका थिए। सशस्त्र प्रहरीका आठ जना र १२ जना सर्वसाधरण घाइते भएका थिए।
स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यु आदेश जारी गरेको थियो।
कर्फ्यु आदेश जारी रहेको अवधिभर कुनै पनि प्रहारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, लगायत गर्न नपाउने आदेशमा उल्लेख छ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु आदेश जारी भएको हो।
