काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मण्डनदेउपुर नगरपालिका-२ का ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार आइतबार बिहान सात बजे वडानम्बर-२ को निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्दै गर्दा ना.२ ख २४६४ ब्याक गर्ने क्रममा सडकबाट खसेको थियो।
उक्त टिपरले च्यापेर चालक घोरासैनीको घटनास्थलमै मृत्यु भएको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।