राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुरस्थित चौदण्डीगढी नगरपालिका कार्यसमितिकी सचिव प्रियाकुमारी राई नेकपा (एमाले) प्रवेश गरेकी छिन्।
एमाले झापा जिल्ला कमिटीले शनिबार दमकमा गरेको जागरण सभाको अवसरमा राई एमालेमा प्रवेश गरेकी हुन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राईलाई पार्टीमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।