कर्मकल्चर
मैले गाई पाल्न थालेको देखेर गाउँकै एक युवाले प्रश्न गरेका थिए।
म सडक किनार हिँड्दै थिएँ। उनले मोटरसाइकल रोके र हेलमेट खोलेर भने, 'दुर्गा प्रसाईंले राजा फर्काउने र तपाईंले गाई फर्काउने दुवै गतिलो काम होइन।'
मलाई ठ्याक्कै जबाफ आएन। अलमलमा परेँ। र, मुसुक्क हाँस्दै धन्यवाद भनेँ।
खासमा न म गलत छु, न मलाई प्रश्न गर्ने ती युवा गलत छन्। उनले जे भने, त्यो ठूलो मनोवैज्ञानिक प्रश्न हो। नीतिगत र राजनीतिक प्रश्न पनि हो।
आज कोही किसानले गाई किन पालोस्?
आफ्नै सन्दर्भमा कुरा गर्दा, मैले गाई पाल्न थालेको परम्परागत कृषि गर्न हो। हाम्रो परम्परागत खेतबारीमा परम्परागत पद्धतिको खेती कसरी गर्ने भनेर सिक्ने लालसाले म गाउँ फर्किएको हुँ। यसको सुरूआत मैले गाईपालनबाट गरेँ।
नेपालमा रैथाने प्रजातिका गाई ६ थरीका छन्। तीमध्ये पहाडमा हुने पहाडी गाई अहिले दुर्लभ भइसक्यो। कुनै किसानले रैथाने गाई पाल्नु एकदम दुर्लभ कुरा हो। तनहुँ सेरोफेरोका गाउँलेले भनेअनुसार हाम्रा किसानहरू त्यस्ता गाई खासै पाल्दैनन्। त्यसैले यो ठूलो प्रश्न हो, 'कसैले गाई किन पाल्छ?'
पहिलो कुरा, गाई पाल्ने सबभन्दा ठूलो कारण दुग्ध व्यवसायका लागि हो। गाईपालन दूध बिक्रीको माध्यम बनेको केही दशक भयो। पहिले आम रूपमा प्रत्येक घरमा गाई पाल्ने चलन थियो। त्यो हराएर अहिले लोपजस्तै भएको छ।
गाउँघरमा अलि अलि गाई देखिन्छन्। ती पनि रैथाने होइनन्। भए ठिमाहा हुन्। जर्सी, होलिस्टिन लगायत उन्नत जातका गाई धेरै छन्। हुँदा हुँदा कोरियन र स्विस गाई पनि छन्।
नेपाल सरकारले दुग्ध व्यवसाय प्रवर्द्धनका लागि उन्नत नश्लका गाईलाई प्राथमिकता दिन थालेको छ। अमेरिकाबाट महँगा साँढेहरू आयात गरेर वीर्य उत्पादन गरी कृत्रिम गर्भाधानमार्फत् गाईहरूलाई उन्नत नश्लको बनाएको छ।
आजको यो भिडिओ स्तम्भमा म रैथाने गाईबारे कुरा गर्दैछु।
हेर्नुहोस् मेरो भिडिओ स्तम्भ —