न्युजिल्याण्डमा नेपाल महोत्सव हुने भएको छ।
न्युजिल्याण्ड-नेपाल सोसाइटिको आयोजनामा अप्रिल-१९ मा नेपाल महोत्सव हुन लागेको सोसाइटीका सह-सचिव प्रमेश देवकोटाले बताए।
न्युजिल्याण्डको अकल्याण्ड सिटीमा हुने नेपाल महोत्सवमा नेपाल झल्काउने खाना,कला,संस्कृतिको प्रदर्शन हुने उनले बताए।
महोत्सवमा ५ हजार भन्दा धेरैको उपस्थिति हुने आयोजकको अनुमान छ।
कार्यक्रमलाई व्यवस्थित बनाउन सुरक्षा प्रवन्धदेखि सबै मिलाएका सहसचिव देवकोटाले बताए।
'स्थानीय नेताहरु र प्रहरी प्रहरी प्रशासन सबैलाई कार्यक्रमम बोलाएका छौ,' उनले भने, 'कार्यक्रमको सुरुवातमा संस्कृति झल्काउने झाँकी तथा परेड हुनेछन्। नाचगान लगायतका सांस्कृतिक कार्यक्रम पनि राखेका छौं।'