बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले निकै व्यस्त अभिनेत्री हुन्। उनी बलिउड र हलिउडमा ठुला ठुला प्रोजेक्टमा काम गरीरहेकी छन्।
विश्वको धेरै पैशा कमाउने अभिनेत्रीमा फोर्ब्स पत्रिकाले दीपिकाको नाम पनि सामेल गरेको छ। मोडलबाट बलिउडमा प्रवेश गरेकी दीपिकाले आफ्नो करीअरलाई उकास्न निकै मिहेनत गरेकी छन्। तर उनै दीपिका आफ्नो करीअरको सुरुवाती दिनमा डिप्रेसनका सिकार हुन पुगेकी थिइन्। यसबारे उनी आफलै आफ्नो अनुभव साझा गरेकी हुन्।
दीपिकाको जीवनमा डिप्रेसनको सिकारको अनुभव यति खराब भएको थियो की आज पनि उनी डिप्रेसन शव्दले डराउने गरेको बताएकी छन्। विहीबार उनले भारत आर्थिक सम्मेलनमा मानसिक रोगसँग जोडिएको धारणा राख्ने क्रममा कुरा गर्दै दीपिकाले अझै पनि आफु डिप्रेसनको सिकार हुन्छु की भनेर डरले सताउने बताइन्।
उनले भनिन्, 'मलाई लाग्दैन की म डिप्रेसनबाट पुर्ण रुपमा बाहिर आइसकेकी छु। मेरो मनमष्तिष्कमा यो डर सधैं रहन्छ की फेरी म यसको चपेटामा आउँछु। किनकी मेरो लागि यो अनुभव निकै खराब थियो।’
दीपिकालाई सहभागीले सोधेका थिए, 'के तपाईले आफ्नो डिप्रेसनको बारे खुलेर कुरा गर्दा केही बेफाइदा भयो?'
उनले जवाफमा यसबारे आफुले निश्चित रुपमा केही भन्न नसक्ने तर यही कारण निर्माताहरु आफुबाट टढाा बसेको हुन सक्ने बताइन्।
दीपिकाले देशभरको स्कुलको पाठ्यक्रममा मानसिक स्वास्थ्यको बारेमा समावेस गर्नुपर्ने कुराको वकालत गर्दै यसबाट मानसिक स्वास्थ्य सम्बन्धी भ्रम बारे केही ज्ञान दिन सकिने बताइन्।
दीपिका अहिले संजय लीला भंसालीको फिल्म 'पद्यमावती'मा देखिँदैछिन्। यो फिल्म १ डिसेम्बरमा रिलिजको तयारीमा छ। फिल्ममा दीपिका रानीको भूमिकामा छिन्। उनको साथै फिल्ममा रणवीर सिंह र शाहिद कपूर पनि देखिएका छन्।
फिल्ममा रनवीर सिंहले अलाउदिन खिलजीको भूमिकामा निभाएका छन् भने शाहिद कपुर रानी पद्यमावतीको श्रीमान् राजा रनतसिंहको भुमिकामा छन्।
अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए। कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उनले रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।
फिल्मको तीनै स्टार्सको फस्र्ट लुक पनि सार्वजनिक भएसकेको छ।
यो पनि पढ्नुस्।
कंगना विरुद्द ऋतिकको पहिलो बयानपछि फरहान अख्तरले लेखे खुलापत्र