आनन्द एल. राय निर्देशित भारतीय फिल्म 'तेरे इश्क में' ले दोस्रो सातामा समेत राम्रो कमाइ गरिरहेको छ।
दोस्रो हप्तामा रहेको फिल्मले रणवीर सिंहको 'धुरन्धर' सँग ठूलो प्रतिस्पर्धाको सामना गर्नु परे पनि आफ्नो बक्स अफिस गति कायम राख्न सफल भएको हो।
निर्माता कम्पनीका अनुसार फिल्मले विश्वव्यापी रूपमा १ सय ५० करोडभन्दा बढी कमाइ गरेको छ।
बिहीबार निर्माता कम्पनी कलर येलो मुभिजले आफ्नो आधिकारिक 'एक्स' खातामा एक पोस्ट गर्दै फिल्मको कुल कमाइ १५२.०१ करोड भारू पुगेको जानकारी दिएको हो।
धनुष र कृति सेनन अभिनीत फिल्मले भारतमा मात्र १०७.५ करोड भारू नेट कमाएको छ।
फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।
