नेकपा एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ।
उद्घाटन सत्र आयोजना हुने भक्तपुरको सल्लाघारी मैदानमा यति बेला संरचना निर्माण, मञ्च तयार पार्ने काम, साउन्ड प्रणाली तथा आवश्यक व्यवस्थाहरू द्रुत गतिमा भइरहेको छ।
एमालेले उद्घाटन सत्रमा करिब तीन लाख जनसहभागिता हुने दाबी गरेको छ।
त्यस्तै, महाधिवेशनको बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिनेछ।
बन्द सत्रमा केन्द्रीय नेतृत्वको प्रतिवेदन, नीति–कार्यक्रम, विधान संशोधन तथा नयाँ नेतृत्व चयन सम्बन्धी प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ।
हेर्नुहोस्, महाधिवेशन उद्घाटन स्थल तयारीको भिडिओ रिपोर्ट —