बलिउड अभिनेता सनी देओलको फिल्म 'जाट' को सिक्वेल बन्ने भएको छ।
१० अप्रिलदेखि प्रदर्शन भइरहेको फिल्म 'जाट' लाई दर्शकले रूचाइरहेका छन्। फिल्मले सफलता हासिलसँगै दोस्रो पार्ट निर्माण घोषणा गरिएको हो।
सनी देओलले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। सार्वजनिक पोस्टरमा फिल्मको नाम उल्लेख गरिएको छ।
'अब जाट नयाँ मिशनमा जाँदैछ,' उनले पोस्टर सेयर गर्दै लेखेका छन्।
गोपीचन्द मलिनेनीले निर्देशन गर्ने फिल्मलाई मैत्री फिल्म प्रोडक्सन हाउसले निर्माण गर्न लागेको हो।
यो फिल्म प्रदर्शन भएको एक साता भयो। फिल्मले एक सातामा ५८ करोड भारू कमाएको छ।