बलिउड अभिनेत्री नुसरत भरूचा आफ्नो नयाँ फिल्म 'छोरी २' को कारण चर्चामा छिन्।
यसैक्रममा उनले एक अन्तर्वार्तामा 'ड्रिम गर्ल २' बाट हटाएको विषयमा कुराकानी गरेकी छन्।
'मलाई ड्रिम गर्लको सिक्वेलमा नहुँदा दुःख लागेको थियो। म बाहेक फिल्ममा बाँकी सबै कलाकार थिए। जुन मलाई राम्रो लागेन। तर ठिकै छ, केही समस्या छैन। मसँग जो काम गर्न चाहन्छन् त्यहीसँग काम गर्छु,' उनले भारतीय सञ्चारमाध्यम दैनिक भास्करसँग भनेकी छन्।
नुसरत भरूचा 'ड्रिम गर्ल' मा आयुष्मान खुरानासँग देखिएकी थिइन्। फिल्ममा उनीहरूको जोडीलाई खुब रूचाइएको थियो। तर 'ड्रिम गर्ल २' मा उनको ठाउँमा अभिनेत्री अनन्या पाण्डेलाई राखिएको थियो।