बलिउड अभिनेता इमरान हाशमी आगामी फिल्म 'ग्राउण्ड जीरो' प्रदर्शनको पखाईमा छन्।
यो फिल्म २५ अप्रिलदेखि प्रदर्शन हुँदैछ। यसैबीच फिल्मले ३८ वर्षपछि इतिहास रच्दैछ। यो फिल्म हलमा रिलिज भएपछि केही खास व्यक्तिका लागि प्रिमियर गरिनेछ। ३८ वर्षपछि यस्तो गर्ने 'ग्राउण्ड जीरो' पहिलो फिल्म हो।
३८ वर्षपछि जम्मू कश्मीरको श्रीनगरमा फिल्मको रेड कार्पेट प्रिमियर हुने भएको छ। प्रिमियरको आयोजना १८ अप्रिलमा हुनेछ।
पछिल्लो ३८ वर्षदेखि श्रीनगरमा कुनै फिल्मको प्रिमियर भएको छैन। यस अवसरमा फिल्म पहिला आर्मीलाई देखाइनेछ। जो भारतको रक्षा गर्न बोर्डरमा बसिरहेका छन्।
यो फिल्मको कहानी कश्मीरमा आधारित छ। तेजस विजय देओस्करले निर्देशन गरेको फिल्ममा इमरान हाशमी, सई ताम्हणकर, जोया हुसैन, ललित प्रभाकर, मुकेश तिवारीलगायत कलाकारको अभिनय छ।