बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खान आगामी फिल्म 'लग आउट १८' प्रदर्शनको पखाईमा छन्।
यो फिल्म १८ अप्रिलमा जी५ मा रिलिज हुँदैछ। फिल्ममा बाबिल सामाजिक सञ्जाल इन्फ्लुएन्सरको भूमिकामा देखिनेछन्। तर उनी आफ्नो व्यक्तिगत जीवनमा सामाजिक सञ्जालमा धेरै समय बिताउन रूचाउँदैनन्।
फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा उनले आफ्नो काममा बक्स अफिसले फरक नपर्ने बताएका छन्।
'म बक्स अफिसको बारेमा सोच्दिनँ। यदि मैले बक्स अफिसको बारेमा सोच्न थाले भने मेरो काम बिग्रन्छ। म आफ्नो कामको बारेमा मात्रै सोच्छु,' उनले भने।
साथै उनले फिल्म सेट बाहेक स्कूबा डाइभिङ गर्दा खुशी पाउने बताएका छन्। 'मलाई स्कुबा डाइभिङ गर्न धेरै मजा लाग्छ। पानीभित्र छुट्टै दुनियाँ छ त्यो बाहिरी दुनियाँबाट एकदमै फरक छ। पानीभित्र माछालाई कहाँ थाहा हुन्छ तपाई को हो,' उनले भने।