बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार मुम्बईको वर्लीस्थित ट्रान्सपोर्ट डिपार्टमेन्टमा अज्ञात व्यक्तिले एक वाट्सएपमा म्यासेज गरेर सलमान खानको कारलाई बमले उडाउने बताएका छन्।
'हामी सलमान खानलाई घरमै छिरेर मार्छौं,' उक्त म्यासेजमा लेखिएको छ। मुम्बईको वर्ली पुलिसले अज्ञात व्यक्तिविरूद्ध भारतीय न्याय संहिता (बिएनएस) को धारा ३५१ (२) (३) अनुसार उजुरी दर्ता गर्दै जाँच सुरू गरेको छ।
गतवर्ष १४ अप्रिलमा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली प्रहार गरिएको थियो। यस हमला लोरेन्स ग्याङले गरेको थियो। त्यसपछि पुलिसले ७ जना व्यक्तिलाई पक्राउ गरेको थियो। जसमध्ये एक जना आरोपीले जेलमै आत्महत्या गरेका थिए।