फिल्म 'भूतनी' को ट्रेलर सार्वजनिक कार्यक्रम अभिनेत्री मोनी रोय र अभिनेता सञ्जय दत्त एकसाथ पुगेका थिए।
उक्त कार्यक्रमको तस्बिर सार्वजनिक भएपछि दर्शकले मोनीको खुब ट्रोल गरे। लगातार सर्जरी बिग्रिएपछि मोनी ट्रोलको शिकार भएकी हुन्।
उनले ट्रोलर्सलाई जबाफ दिँदै भनेकी छन्, 'केही छैन। म नकारात्मक प्रतिक्रिया हेर्दा पनि हेर्दिनँ। यदि तपाई सामाजिक सञ्जालको स्क्रीनको पछि बसेर ट्रोल गरिरहनु भएको छ र तपाईहरूले खुशी पाउनुहुन्छ भने गर्नुस्।'
मोनीको प्रतिक्रियापछि पनि मानिसहरूले उनलाई ट्रोल गर्न छाडेका छैनन्।
मोनीको फिल्म 'भूतनी' १८ अप्रिलदेखि प्रदर्शन हुँदैछ। फिल्ममा मोनी रोय, सञ्जय दत्त, सनी सिंह, पलक तिवारीलगायत कलाकारको अभिनय छ।