बलिउड अभिनेता ऋतिक रोशनको आगामी फिल्म 'कृष ४' चर्चामा छ।
यस फिल्मलाई ऋतिकले निर्देशन गर्ने घोषणा गरेसँगै चर्चा चुलिएको हो। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार ऋतिकको पहिलो निर्देशन रहने फिल्ममा प्रियंका चोपडा मुख्य भूमिकामा देखिने भएकी छन्।
'कृष' र 'कृष ३' मा देखिएकी प्रियंकाले 'कृष ४' मा पनि प्रिया मेहराको भूमिका निर्वाह गर्नेछिन्।
हाल फिल्मको प्रि-प्रोडक्सनको काम चलिरहेको छ। फिल्ममा ऋतिक रोशनको ट्रिपल भूमिका हुनेछ। उनी रोहित, कृष र खलनायकको भूमिकामा देखिने बताइएको छ।
त्यस्तै फिल्ममा प्रीति जिन्टाको मुख्य भूमिका हुनेछ। फिल्ममा नोरा फतेही पनि हुने बताइएको छ। फिल्मलाई राकेश रोशन र आदित्य चोपडाले निर्माण गर्नेछन्।
यो फिल्मको २०२६ मा छायांकन सुरू हुनेछ।