बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला चर्चामा छिन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनलाई एटलीको आगामी फिल्म 'एए२६ए६' प्रस्ताव गरिएको थियो। तर उनले फिल्मको प्रस्ताव अस्वीकार गरेकी छन्। यस फिल्ममा अभिनेता अल्लू अर्जुनको मुख्य भूमिका रहनेछ।
उनलाई फिल्म मन नपरेर अस्वीकार गरेको बताइएको छ। केही भारतीय सञ्चारमाध्यमले उनलाई एटलीको फिल्म प्रस्ताव नगरिए दाबी समेत गरेका छन्। एटलीले आफ्नो अर्कै फिल्म प्रियंकालाई प्रस्ताव गरेका थिए। जसमा सलमान खान मुख्य भूमिकामा देखिने बताइएको थियो। तर अब त्यो फिल्म नबन्ने भएको छ।
अब प्रियंका एसएस राजामौली फिल्म 'एसएसएमबी २९' मा देखिनेछिन्। यस फिल्ममार्फत उनी ५ वर्षपछि कमब्याक गर्न लागेकी हुन्। फिल्ममा उनी महेश बाबूसँग देखिनेछिन्।
प्रियंका र महेश बाबूले फिल्मको छायांकन पनि सुरू गरिसकेका छन्।