बलिउड अभिनेत्री रवीना टन्डनकी छोरी राशा थडानीले अभिनयमा डेब्यू गरेकी छन्।
उनले फिल्म 'आजाद' बाट बलिउडमा डेब्यू गरेकी हुन्। १७ जनावरीदेखि प्रदर्शन भएको फिल्मलाई दर्शकले साथ दिइरहेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्म १ करोड ५० लाखमा ओपनिङ गरेको छ। नयाँ कलाकारको लागि यो राम्रो ओपनिङ मानिएको छ।
यस फिल्मबाट अजय देवगनका भान्जा अमन देवगनले पनि डेब्यू गरेका छन्। फिल्मलाई अभिषेक कपूरले निर्देशन गरेका हुन्।
फिल्मको कहानी १९२० दशकको पृष्ठभूमिमा आधारित छ।