दक्षिण भारतीय अभिनेता रामचरणको फिल्म 'गेम चेन्जर' ले भारतीय बक्स अफिसमा कमजोर व्यापार गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले ४ दिनमा ९७ करोड भारू कमाएको छ। यो हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषाको कमाइ हो।
५१ करोडमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २१ करोड ६० लाख, तेस्रो दिन १५ करोड ९० लाख र चौथो दिन ८ करोड ५० लाख भारू कमाएको हो।
यो फिल्मको बजेट ५०० करोड बताइएको छ।
शंकरले निर्देशन गरेको फिल्ममा रामचरण र कियारा अडवानीको मुख्य भूमिका छ। फिल्ममा रामचरणले एक आईएएस अधिकारीको भूमिका निर्वाह गरेका छन्।
फिल्ममा कियारा र रामचरणसँगै अञ्जली समुथिरकानी, एसजे सूर्या, श्रीकान्त, प्रकाश राजलगायत कलाकारको मुख्य भूमिका छ।