बलिउड अभिनेता आदर जैनले विवाह गरेका छन्।
उनले प्रेमीका अलेखा आडवाणीसँग गोवामा विवाह गरेका हुन्। उनीहरूको विवाह क्रिश्चियन परम्परा अनुसार भएको हो।
उनीहरूको विवाहमा केही साथीभाइ र नजिकका आफन्त सहभागी थिए। जसमा करिश्मा कपूर, नीतु कपूरलगायत उपस्थित छन्।
आदर र अलेखाको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री करिश्मा कपूरले लेखेकी छन्, 'मात्र माया।'
अभिनेता आदर जैनले २३ नोभेम्बरमा प्रेमीका अलेखा आडवाणीले इन्गेजमेन्ट गरेका थिए।
आदर रीमा जैन र मनोज जैनको छोरा हुन्। रीमा अभिनेता राज कपूरकी छोरी हुन्।
आदरले सन् २०१७ मा 'कैदी ब्याण्ड' बाट अभिनयमा डेब्यू गरेका थिए। त्यसपछि उनले फिल्म 'मोगुल' र 'हेलो चार्ली' मा अभिनय गरेका छन्। तर उनका तीनै फिल्मले बक्स अफिसमा खासै राम्रो कमाइ गर्न सकेन।