दक्षिण भारतीय अभिनेता जयम रविले श्रीमती आरतीसँग ३ महिनाअघि सम्बन्ध विच्छेद गरेका थिए। उनीहरूले १५ वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याएका थिए।
हालै उनले आफ्नो नाम फेरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो नाम फेर्ने घोषणा गरेका हुन्। उनले आफ्नो नाम परिवर्तन गर्दै रवि मोहन राखेका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनले आफ्नो पुरानो नाम सन् २००३ मा आएको फिल्मबाट पाएका थिए। तर अब उनले फिल्मबाट पाएको नाम त्याग्ने निर्णय गरेका छन्। योसँगै उनले आफ्नो प्रोडक्सन हाउसको पनि घोषणा गरेका छन्।
'फिल्म मेरो सबैभन्दा ठूलो जोस हो र यसले मलाई पहिचान दिएको छ। जब म आफ्नो फिल्मी यात्राको बारेमा विचार गर्छु, यसले मलाई धेरै व्यक्तिको माया र समर्थन दिएको महसुस हुन्छ। अब म यस उद्योगलाई आफ्नो समर्थन दिन उत्सुक छु। मैले आफ्नो नाम पनि फेरेको छु। यो एक यस्तो नाम हो, जो मेरो व्यक्तिगत र व्यवसायिक आकांक्षासँग जोडिएको छ। यस नयाँ अध्यायलाई अगाडि बढाउँदैछु। जुन आफ्नो नजरिया र आफ्नो मूल्यको साथ अगाडि बढिरहेको छु। म आफ्ना सबै साथी र फ्यानलाई मलाई नयाँ नामबाट बोलाउन अनुरोध गर्छु।'