बलिउड अभिनेत्री अमीषा पटेल प्रेम सम्बन्धलाई लिएर चर्चामा छिन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी १९ वर्ष कान्छा निर्वाण बिरलाको प्रेममा छिन्। निर्वाण व्यवसायी हुन्।
अभिनेत्री अमीषाले आफ्नो इन्स्टाग्राममा व्यवसायी तथा गायक निर्वाण बिरलासँग एक तस्बिर सार्वजनिक गरेकी थिइन्। 'दुबई- मेरो डालिङ निर्वाण बिरलासँग रमाइलो साँझ,' उनले लेखेकी थिइन्।
उक्त तस्बिरमा अमीषा र निर्वाण एक अर्काको अंगालोमा देखिएका छन्। उनीहरू दुवै जना कालो लुगामा देखिएका छन्। यस विषयमा निर्वाणले आफ्नो प्रतिक्रिया दिएका छन्।
'अमीषा र म डेट गरिरहेका छैनौं। उनी मेरो फ्यामेली फ्रेन्ड हुन् र मेरो बुबा उनलाई स्कूलको दिनदेखि चिन्नु हुन्छ। हामी दुई दुबईमा आफ्नो म्युजिक भिडिओ सुट गर्न गएका थियौं,' उनले भनेका छन्।
पछिल्लो समय अमीषा सुपरहिट फिल्म 'गदर २' मा देखिएकी थिइन्। फिल्ममा उनले सकीना पात्रको भूमिका निर्वाह गरेकी थिइन्।