बलिउड अभिनेता शाहरूख खानले हरर-कमेडी फिल्म 'चामुन्डा' अस्वीकार गरेका छन्।
निर्देशक दिनेश विजान र निर्माता अमर कौशिक शाहरूखलाई हरर-कमेडी युनिभर्समा सहभागी गराउन चाहन्थे। भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार शाहरूख पहिलै बनेको युनिभर्समा सामेल हुन चाहदैनन्।
शाहरूखले आफ्नो लागि केही नयाँ फिल्म लिएर आउन बताएका छन्। शाहरूखले फिल्म अस्वीकार गरेपछि निर्माण टिम अर्काे अभिनेताको खोजीमा छन्। फिल्ममा अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहनेछ।
यो फिल्म २०२६ मा प्रदर्शन हुनेछ।
निर्देशक दिनेश विजानले सन् २०१८ मा हरर-कमेडी युनिभर्सको सुरूआत गरेका थिए। उनको पहिलो हरर-कमेडी फिल्म 'स्त्री' हो। यसले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। यसपछि हरर-कमेडी युनिभर्स अर्न्तगत 'भेडिया', 'मुंज्या' र 'स्त्री २' जस्ता फिल्म निर्माण गरिएको छ।