चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ।
मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडकखण्डको कल्भर्टमुनि फेला परेका पुरूष र महिलाको सनाखत भएको हो।
उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। यद्यपि उनीहरूको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन।
यसको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुगेको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै रहेको प्रहरीले जनाएको छ।
पुरूष र महिलाको शव बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो।
लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले उनीहरूको स्केच पनि बनाएर सार्वजनिक गरेको थियो।