शनिबार काठमाडौंको बाइसधारामा विशेष मेला लागेको छ।
ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा प्रत्येक वर्ष चैत शूक्ल पूर्णिमाका दिन विशेष मेला लाग्छ।
शनिबार बाइसधारामा मेला भर्न आउनेको घुइँचो छ।
मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउँछन्।
तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउँछ।
बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्छन।
मेला भर्ना आएकामध्ये केही भक्तजनहरू जामाचोमा रहेको बौद्ध चैत्यमा पनि जाने गर्दछन्। अघिल्लो दिन बौद्धनाथ चैत्यमा मेला भर्न आएका भक्तजनसमेत त्यहाँ आएर स्नान गरी स्वयम्भूमा दर्शन गर्न जाने प्रचलन छ।
तस्बिरहरूः
-ink-1744429058.jpeg)
-ink-1744429058.jpeg)
-ink-1744429058.jpeg)
-ink-1744429058.jpeg)
-ink-1744429059.jpeg)
-ink-1744429059.jpeg)
-ink-1744429059.jpeg)
-ink-1744429059.jpeg)
-ink-1744429060.jpeg)
-ink-1744429060.jpeg)
-ink-1744429060.jpeg)
-ink-1744429060.jpeg)
-ink-1744429061.jpeg)
-ink-1744429061.jpeg)
-ink-1744429061.jpeg)
-ink-1744429062.jpeg)
तस्बिरहरु - नेपाल फोटो लाइब्रेरी