सुगरका बिरामीका लागि दिने एक किसिमको उपचार हो-इन्सुलिन।
सुगरका बिरामीको पहिलो उपचार भनेको जीवनशैलीमा परिवर्तन गर्नेनै हो। विशेष गरेर अफिसमा बसि काम गर्नेले थोरै मात्रामा भए पनि आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। तनाव कम लिनुपर्छ। जति तनाव लियो त्यति सुगर बढ्ने खतरा हुन्छ।
तनाव कम लिनु भनेको खुसी हुनु हो। खुसी हुनु भनेको परिवारसँग बस्नु, उनीहरूसँग काम गर्नु हो। कतिपय सुगरका बिरामीले खान पनि खादैनन्। खाने कुरा बार्ने होइन कम, खाने होइन। थोरै भात, धेरै तरकारी, झोलिलो पदार्थ खानुपर्छ। बजारमा पाइने खाना जथाभावी नखाने भनेको हो।
'टाइप वान' डाइभिटीजमा इन्सुलीनको उत्पादन हुँदैन। त्यस्ता बिरामी कतिपय अवस्थामा अस्पताल समेत भर्ना हुनुपर्छ।
'टाइप टु' डाइभिटीजमा इन्सुलिनको उत्पादन थोरै भएको हुन्छ। यस्तो अवस्थामा केही समयका लागि मात्रै इन्सुलिन दिनुपर्छ।
इन्सुलिन छाला र बोसोको लेयरमा दिइने एक किसिमको तरल पदार्थ हो। कुनै इन्सुलिनले २४ घण्टा र कुनैले ४८ घण्टासम्म काम गर्छ।
प्यानक्रियाजबाट बेटासेलले उत्पादन गर्ने इन्सुलिन छैन भने इन्सुलिन दिने हो। यो भनेको जीवनलाई रक्षा गर्ने एक किसिमको उपचार हो।
'टाइप वान' डाइभिटीजमा सुरूमै इन्सुलिन दिनुपर्छ। 'टाइप टु' का बिरामीलाई औषधिले काम गरेन भने इन्सुलिन दिनुपर्छ।
सुगरका बिरामीले समय-समयमा आँखा, पिसाप, मिर्गौला र खुट्टाको समेत परीक्षण गर्नुपर्छ।
यसै विषयमा वीर अस्पताल र निदान अस्पतालमा कार्यरत उप-प्राध्यापक डा मल्लसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी