राष्ट्रिय सभा बैठक आइतबार बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त पत्रहरुको ब्यहोरा पढेर सुनाउनेछन्।
त्यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची छ।
आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१” सभा समक्ष पेश गर्ने कार्यसूची छ।