नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ।
सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार सचिवालय बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुनेछ।
एमालेले नेकपा तथा लोकतन्त्र स्थापना भएको सन्दर्भ पारेर वैशाख ११ गते युवा दिवस मनाउँदैछ।
यसबारे पनि बैठकमा छलफल हुने गौतमले जानकारी दिए।