त्यो कार्यक्रम उनको जिन्दगीको महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट' बन्यो।
त्यसपछि उनले यही क्षेत्रमा करिअर बनाउने निधो गरिन्। विभिन्न कार्यक्रममा सहभागी भइन् र कम उमेरमै एकपछि अर्को सफलताको सिँढी उक्लँदै गइन्।
सुरूआती दिनमा निकै हन्डर खानुपरेको क्षण पनि उनी सम्झन्छिन्। कतिपय ठाउँमा बच्चा भनेर होच्याउने, बेवास्ता गर्ने र काम अनुसार पैसा नदिने समस्या उनले धेरै झेलिन्।
जस्तोसुकै समस्या परे भने हरेस नखाई अघि बढ्दा आजको मुकामसम्म आइपुगेको उनी बताउँछिन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)