सर्वोच्च अदालतले रवि लामिछानेको निवेदनमाथिको सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।
आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका थिए।
उक्त आदेशपछि रवि लामिछाने सर्वोच्च अदालतमा पुगेका हुन्।
आदेशविरूद्ध लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावल, नारायण कँडेल र आशिष थापासहितले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएका थिए।
लामिछाने हाल कारागार कार्यालय रूपन्देहीमा छन्।