प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता भएको छ।
उनीहरूबीच शुक्रबार अपराह्न करिब ४५ मिनेट होटल माडारिन ओरियन्टलमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भेटवार्ता सम्पन्न भएको छ।
‘उहाँहरूबीचको आत्मीय र सौहार्दपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो,’ प्रमुख सल्लाहकार रिमालले भने।
दुई प्रधानमन्त्रीको मात्र उपस्थितिमा एक्लाएक्लै (वान-अन-वान) भेटवार्ता भएको रिमालको भनाइ छ।
‘यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बताउँदै खुसी व्यक्त गर्नु भएको छ,’ उनले भने।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले पनि भेटवार्ता फलदायी रहेको बताएका छन्।
यो पनि: प्रधानमन्त्री ओलीसँग भेटवार्तापछि के भने भारतीय प्रधानमन्त्री मोदीले?