नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
बिहीबार शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोलीले मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
यस्तै, ध्यानाकर्षण पत्रमा नेपाल शिक्षक महासंघले सरकार समक्ष कुनै नयाँ मागपत्र पेस नगरेको उल्लेख छ।
'यो आन्दोलनको एक मात्र उद्देश्य विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु हो,' पत्रमा भनिएको छ।
महासंघका प्रतिनिधिले ध्यानाकर्षणका साथमा पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची समेत बुझाएका छन्।