पुष्पकमल दाहाल 'प्रचण्ड' को सरकारमा हाल भौतिक योजना तथा पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएका छन्।
मन्त्रिपरिषद पुनर्गठन गर्ने क्रममा श्रेष्ठ गृहमन्त्री बन्न लागेका हुन्।
श्रेष्ठ पुस १० गते उपप्रधानमन्त्री एवम् भौतिक मन्त्री बनेका थिए।
नयाँ गठबन्धन बनेपछि भौतिक मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने गृह मन्त्रालय माओवादीको भागमा परेको हो।
यसअघि श्रेष्ठ २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा केही दिन मात्र गृहमन्त्री बनेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई गृहमन्त्रीका लागि तयार रहन भनेका छन्।
शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ।
यो पनिः कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, अरू कसले कुन मन्त्रालय पाउने?
सत्ता गठबन्धनले रास्वपालाई छुट्याएन मन्त्रालय