हिन्दी फिल्मका चर्चित निर्माता सलीम अख्तरको मृत्यु भएको छ।
मंगलबार राति उनको मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यम आजतक अनुसार उनी कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा भर्ना भएका थिए।
१९८० देखि १९९० को दशकसम्म उनी फिल्म निर्माणमा निकै सक्रिय थिए। यस अवधिमा उनले 'चोरोंकी बरात', 'कयामत', 'लोहा' 'बंटवारा', 'फूल और अंगारे', 'बाजी', 'इज्जत' र 'बादल' जस्ता फिल्म निर्माण गरेका थिए। उनले आमिर खान, बबी देओल, रानी मुखर्जी, तमन्ना भाटियालगायत थुप्रै कलाकारसँग काम गरेका थिए।
रानी मुखर्जीले सलीमले निर्माण गरेको फिल्म 'बारात' बाट सन् १९९७ मा डेब्यू गरेकी थिइन्। त्यस्तै तमन्ना भाटियाले सन् २००५ मा 'चान्द सा रोशन चेहरा' बाट डेब्यू गरेकी थिइन्।