हलिउड अभिनेता टम क्रुज अभिनीत फिल्म 'मिशन इम्पोसिबल ८- द फाइनल रेकनिङ' को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार पारामाउन्ट पिक्चर्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा टम क्रुज एयर प्लेनमा स्टन्ट गरिरहेको देख्न सकिन्छ।
फिल्मको ट्रेलरमा पुरानो सबै पार्टको फुटेज पनि प्रयोग गरिएको छ।
क्रिस्टोफर म्याक्वेरीले निर्देशन गरेको फिल्ममा टमसँगै हेले एटवेल, विङ रेम्स, साइमन पेग, वैनेसा किर्बी, पोम क्लेमेटिफ, शिया व्हिघम, एन्जेला बैसेट, एसाई मारालेस, हेनरी चेर्नीलगायत कलाकारको अभिनय छ।
यो फिल्म २३ मेमा हलमा प्रदर्शन हुनेछ।