'स्त्री २' का निर्देशक अमर कौशिकले एक अन्तर्वार्तामा अभिनेत्री श्रद्धा कपूरलाई हाँसोकी चुडेल बताएका थिए।
अब अभिनेत्री श्रद्धाले यस कमेन्टमा आफ्नो प्रतिक्रिया दिएकी छन्। हालै श्रद्धा कपूर म्याडक फिल्म्सको २० औं एनिभर्सरी पार्टीमा सहभागी भएकी थिइन्। यसैक्रममा उनको भेट निर्देशक अमर कौशिकसँग भयो।
श्रद्धाले अमरलाई भनिन्, 'उहाँ धेरै मजाक गर्दै हुनुहुन्छ आजकल।'
श्रद्धाले यति भनेपछि अमरले कान समातेर माफी मागेका छन्।
एक अन्तर्वार्तामा अमर कौशिकले श्रद्धालाई फिल्ममा लिनुको कारण खुलाउँदै भनेका थिए, 'यसको श्रेय दिनेश विजनलाई जान्छ। उनलाई श्रद्धाको हाँसो मन परेको थियो। उनले चुडेलको जस्तै हाँसो छ भनेका थिए। मलाई पनि पहिलो पटक भेट्दै श्रद्धाको हाँसो मन परेको थियो।'
अमर कौशिकको यो बयान सार्वजनिक भएपछि निकै ट्रोल भएको थियो।