'रेस' शृंखलालाई बलिउडको राम्रो र धेरै मन पराउने फिल्म मानिन्छ।
अहिलेसम्म फिल्मको तीन पार्ट प्रदर्शन भइसक्यो। २ वटा शृंखलामा सैफ अली खानले मुख्य भूमिका निर्वाह गरेका थिए। तेस्रो शृंखलामा सलमान खान मुख्य भूमिकामा देखिएका थिए। तर दर्शकले यस शृंखलालाई खासै रूचाएनन्। अब चौथो पार्ट बन्ने बताइएको छ।
सोमबार फिल्मका निर्माता रमेश तौरानीले भारतीय सञ्चारमाध्यम दैनिक जागरणसँग कुराकानी गर्दै फिल्मको बारेमा जानकारी दिएका हुन्। यसको चौथो पार्टमा सैफ अली खान फर्किने भएका छन्। त्यस्तै यस फिल्मको लागि सिद्धार्थ मल्होत्रासँग पनि कुराकानी भइरहेको छ।
सन् २००८ मा प्रदर्शन भएको 'रेस' मा सैफ अली खान, अक्षय खन्ना र अनिल कपूरको मुख्य भूमिका थियो। त्यस्तै सन् २०१३ मा प्रदर्शन भएको 'रेस २' मा सैफ अली खान, अनिल कपूर र जोन अब्राहमको मुख्य भूमिका थियो।
सन् २०१८ मा प्रदर्शन भएको फिल्म 'रेस ३' मा सलमान खान, बबी देओल र साकिब सलीमको मुख्य भूमिका थियो।