बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपलाई फेरि स्तन क्यान्सर भएको छ।
सोमबार ताहिराले आफ्नो इन्स्टाग्राममा एक भावनात्मक पोस्ट सेयर गर्दै उक्त जानकारी दिएकी हुन्। ताहिराका अनुसार उनलाई सात वर्षपछि फेरि स्तन क्यान्सर भएको हो।
उनलाई सन् २०१८ मा पहिलो पटक स्तन क्यान्सर भएको थियो। 'मेरो लागि यो राउन्ड २ हो। तर ममा अझै धेरै हिम्मत छ। जब जिन्दगीले कागती दिन्छ भने कागती पानी बनाउनु पर्छ। यदि धेरै पटक कागती दियो भने त्यसलाई कालो अमिलो पानीमा परिवर्तन गर्नुपर्छ र शान्तिले पिऊँनु पर्छ।'
उनले हरेकलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गरेकी छन्। ताहिराको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।