बलिउड अभिनेता अक्षय खन्ना 'छावा' बाट अभिनयमा फर्किएका छन्।
उनलाई पर्दामा हेर्न दर्शक लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए। उनी अभिनीत फिल्म 'छावा' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
यसैबीच अक्षय दक्षिण भारतीय फिल्ममा डेब्यू गर्दैछन्। उनले पौराणिक सुपरहीरो फिल्म 'महाकाली' बाट दक्षिण भारतीय फिल्ममा डेब्यू गर्न लागेका हुन्।
हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशले फिल्मको पोस्टर सेयर गर्दै उक्त जानकारी दिएका हुन्। तर फिल्ममा उनी कस्तो पात्रमा देखिनेछन् भनेर खुलाइएको छैन।
पूजा अपर्णा कोल्लुरूले निर्देशन गर्ने फिल्ममा प्रशान्त वर्माको लगानी रहनेछ। यो फिल्मको छिट्टै छायांकन सुरू गर्ने निर्माण टिमको योजना छ।