बलिउड अभिनेत्री ज्याकलिन फर्नांडिजलाई मातृ शोक परेको छ।
आइतबार उनकी आमा किम फर्नांडिसको मृत्यु भएको हो। उनलाई पक्षघात आएपछि २४ मार्चमा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो।
१३ दिनदेखि उनलाई आइसियुमा भर्ना गरिएको थियो। तर ज्याकलिन र उनको टिमले आधिकारी जानकारी दिएका छैनन्।
ज्याकलिन २६ मार्चमा गुवाहाटीमा आईपिएल समारोहमा प्रस्तुति दिने तयारीमा थिइन्। तर आमाको अचानक स्वास्थ्यमा समस्या आएपछि उनले आफ्नो प्रस्तुति रद्ध गरेकी थिइन्।
ज्याकलिन पछिल्लो समय अभिनेता सोनू सूदसँग फिल्म 'फतेह' मा देखिएकी थिइन्। अब उनी 'रेड २', 'वेलकम टू द जंगल' र 'वेलकम ५' मा देखिनेछन्।