बेलायती अभिनेता तथा कमेडियन रसेल ब्रान्डविरूद्ध बलात्कार र यौन दुर्व्यवहारको मुद्दा दर्ता गरिएको छ।
बिबिसीका अनुसार लन्डनको महानगरीय प्रहरीले रसेल ब्रान्डलाई पत्र लेखेर उनीविरूद्ध मुद्दा दर्ता गरिएको जानकारी दिएको हो। उनलाई मे २ मा वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतमा उपस्थित हुन भनिएको छ।
रसेल ब्रान्डविरूद्ध चार फरक महिलाले यौन दुर्व्यवहारको मुद्दा लगाएका हुन्। यो घटना सन् १९९९ देखि २००५ बीचको हो।
सेप्टेम्बर २०२३ मा द सन्डे टाइम्स, द टाइम्स र च्यानल ४ को वृत्तचित्र शृंखला 'डिस्प्याचेस' मा रसेल ब्रान्डविरूद्ध धेरै गम्भीर आरोप लगाइएका थिए। यसपछि प्रहरीले रसेल ब्रान्डलाई धेरैपटक सोधपुछ गरेको थियो।
तर ५० वर्षीय रसेल ब्रान्डले आरोप अस्वीकार गरेका थिए।
रसेल ब्रान्डले सन् २०१० मा इन्टरनेशनल स्टार क्याटी पैरीसँग विाह गरेका थिए। तर उनीहरूले दुई वर्षमै सम्बन्ध विच्छेद गरे। त्यसपछि उनले २०१७ मा लेखक लोरा ब्रान्डसँग विवाह गरेका छन्।