दक्षिण भारतीय अभिनेता यशले आफ्नो मिहेनतले फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्।
'केजिएफ' फिल्मबाट ग्लोबल स्टार बनेका यशले २००७ मा डेब्यू गरेका थिए। उनी आज आफ्नो ३९ औं जन्मदिन मनाउँदैछन्। उनको जन्मदिनको अवसर पारेर आगामी फिल्म 'टक्सिक' को टिजर सार्वजनिक गरिएको छ।
बुधबार केभिएन प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता यशलाई खतरनाक लुक्समा देख्न सकिन्छ।
गीतू मोहनदासले निर्देशन गरेको फिल्ममा करीना कपूर खान, साई पल्लवी, नवाजद्दीन सिद्दीकी, धनन्जयलगायत कलाकारको अभिनय छ।
यो फिल्म १० अप्रिलमा रिलिज हुनेछ।