दक्षिण भारतीय अभिनेत्री नयनताराविरूद्ध 'चन्द्रमुखी' टिमले लिगल नोटिस पठाएका छन्। 
उनले आफ्नो जीवनमाथि आधारित डकुमेन्ट्री फिल्म 'नयनतारा बियोन्ड द फेयरीटेल' मा फिल्म 'चन्द्रमुखी' को फुटेज बिना अनुमति प्रयोग गरेको आरोप छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार 'चन्द्रमुखी' निर्माण टिमले नेटफ्लिक्स र अभिनेत्रीमाथि ५ करोड भारूको क्षतिपूर्ति माग गरेका छन्। 
'चन्द्रमुखी' निर्माण टिमले भन्दा पहिले अभिनेता धनुषले पनि नयनताराविरूद्ध लिगल नोटिस पठाएका थिए। उनले तमिल फिल्म 'नानुम राउडी धान' को म्यूजिक बिना अनुमति प्रयोग गरेको बताएका थिए। उनले १० करोड क्षतिपूर्ति माग गरेका थिए। जसले गर्दा धनुषले आलोचना समेत खेप्नु परेको थियो। 
यो डकुमेन्ट्री फिल्म १८ नोभेम्बर २०२४ मा नेटफ्लिक्समा रिलिज भएको थियो।