बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहुजाले हालै एक अन्तर्वार्तामा गोविन्दासँग जोडिएको केही रोचक कुरा खुलाएकी छन्।
उनले गोविन्दासँग पहिलो पटक भेट्दा आफू टमब्वाई जस्तो भएको बताएकी छन्। साथै उनले हाल गोविन्दासँग अलग बस्ने बताएकी छन्।
'हामीसँग दुई घर छ। हाम्रो अपार्टमेन्टको अगाडि एक बंगला छ। फ्ल्याटमा मेरो मन्दिर र बच्चा छन्। हामी फ्ल्याटमा बस्छौं। जबकी उहाँलाई (गोविन्दा) आफ्नो मिटिङपछि ढिला हुन्छ। उनलाई कुराकानी गर्न मनपर्छ, त्यसैले १० जनालाई जम्मा गरेर कुराकानी गर्छन्। म, मेरा छोरा र मेरी छोरी एकसाथ बस्छौं। हामी कम कुराकानी गर्छौ। किनकी धेरै कुराकानी गर्याे भने आफ्नो एनर्जी सकिन्छ,' सुनीताले भनिन्।
उनले थप्दै भनिन्, 'मैले उहाँलाई भनेको छु कि अर्काे जन्म मेरो श्रीमान नहुनु। उहाँ छुट्टीमा जादैनन्। म यस्तो व्यक्ति हुँ, जो आफ्नो श्रीमानसँग बाहिर जान चाहन्छु, सडकमा पानी पूरी खान चाहन्छु। उनले काम गर्न आफ्नो ज्यादा समय बिताए। हामीले अहिलेसम्म एक फिल्म पनि सँगै हेरेका छैनौं।'